Logo

रुसले बेचिरहेको एस-४०० मिसाइल के हो



एजेन्सी, २८ असार । रुसले उत्पादन गरेको एस-४०० मिसाइल टर्कीले खरिद गरेपछि संसारभर तरंग आएको छ । टर्कीको राजधानी अंकारामा पहिलो चरणको एस-४०० मिसाइल पुगिसकेको छ ।

विगतमा रुसले बेच्दै आएको एस-३०० मिसाइलको विकसित रुप हो एस-४०० मिसाइल । जमिनबाट आकाशमा मार गर्न सक्ने यो मिसाइलको विशेष क्षमताका कारण चीन, भारत, साउदी अरेबिया, टर्की, कतार जस्ता देशहरुले खरिदको इच्छा देखाएका छन् ।

प्राविधिक रुपमा निकै प्रभावकारी भएकाले यसको माग शक्तिशाली देशहरुमा बढेको हो । रुसले हतियार खरिदलाई दृष्टिगत गरी कुटनीतिक र सैन्य गतिविधि बढाइरहेको छ । तेलपछि रुसको आम्दानीको मुख्य स्रोत हतियार हो । त्यसैले उसले नयाँ प्रविधि जडित हतियार अन्तर्राष्ट्रिय बजारमा ल्याइरहन्छ ।


एस-४०० ले ४०० किलोमिटर दूरीसम्म मार हान्न सक्छ । यसमा राडार र अन्य प्रकारको सेन्सर छ । राडारले ६०० किलोमिटर दूरीसम्मको निगरानीको क्षमता राख्छ ।

लक्ष्य भेदमा अब्बल रहेको, उच्च गतिशिलता र केही मिनेटमै प्रहार हुनसक्छ ।

तर, नेटो सदस्य राष्ट्र टर्कीले रुसमा निर्मित एस-४०० मिसाइल खरिद गर्नुलाई अर्थपूर्ण मानिएको छ । उसलाई हतियार खरिद नगर्न अमेरिकासहित नेटो सदस्यराष्ट्रहरुको दबाब रहेको थियो ।

एस-४०० विक्रीमा रुस अगाडि बढिरहँदा अमेरिकाले त्यसलाई रोक्न रणनीति अपनाइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot