विश्वकप क्रिकेटको फाइनल खेलमा ब्याटिङ गरिरहेको इंग्ल्यान्डको दुई विकेट झरिसकेको छ । १७ ओभरको खेल समाप्त हुँदा इंग्ल्यान्डले दुई विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सकेको छ ।
यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्यान्ड दुई सय ४१ रनमा सिमित भएपछि उपाधि जित्न इंग्लान्ड दुई सय ४२ रनको लक्ष्यका साथ खेलिरहेको छ ।
रन स्कारेलाई हेर्दा इंग्ल्यान्ड विजयी हुने सम्भावना देखाइएपनि न्युजिल्यान्डले कडा खेल प्रदर्शन गरिरहेको छ । भारतलाई स्तब्ध पार्दा न्युजिल्यान्डले दुई सय ५० रन समेत बनाएको थिएन । इंग्ल्यान्डविरुद्ध जित हासिल गर्न न्युजिल्यान्डका बलरहरुले भारतविरुद्ध खेल्दा जस्तै सनसनीपूर्ण प्रदर्शन गर्नुपर्ने वाध्यता छ ।