Logo

बाढीपछि सर्पदंश, उपचार केन्द्र नै डुवानमा



असार ३१, काठमाण्डौ । गर्मी र बर्खालागेसँगै नेपालमा सर्प दशंको घटना बढ्नु नेपालका लागि त्यति नौलो विषय होइन, प्रत्येक बर्ष गर्मीयाम र बर्खायाम लागेसगंै सर्पदशंका बिरामी बढ्ने गरेका छन् । कतिपय विरामीको त उपचार नपाएर मृत्युवरण गर्न समेत बाध्य हुने गरेका छन् ।

गर्मीयाम र बर्खायाममा मात्र होईन देशैभरी बाढी पहिरो र डुवानका समस्याहरु देखिएका छन् । त्यसमध्ये डुवान ग्रस्त क्षेत्रहरुमा बढीजस्तो सर्पदंशका विरामी बढेका छन् । बढी प्रभावित प्रदेश नम्वर २ का सप्तरी र महोत्तरीमा सर्पदशंको विरामी देखिन थालेको छ ।

केहीदिन यता अविरल रुपमा परिरहेको पानीको कारण डुवानका समस्या भोगीरहेका तराइका बासिन्दाले सर्पदशंका घटना बढेसगंै थप पीडा भोग्नुपरेको हो । डुवानग्रस्त प्रदेश नम्बर दुईको सिराह रौतहतट महोत्तरी लगायतका जिल्लामा सर्पदशंका घटना बढेको छ । डुवानको समस्या भएसगै जमिनमुनि बस्ने सर्प पनि बाहिर निस्कन्छन् ।

जस्का कारणले सर्पले मानिसलाई टोक्ने गर्दछ । यसरी सर्पले मानिसलाई टोक्दै गर्दा जिल्लाहरुको उपचार केन्द« समेत डुवानमा परेको कारण उपचारमा थप समस्या परेको छ । राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल अस्पतालको तथ्यांक अनुसार विगत ५ दिन यता सर्पदंशका ४४ जना विरामी उपचारका लागी आएका छन भने दैनिक ४ देखि ७ जना जनासम्म सर्पदंशका विरामी आउन थालेका छन् ।

बढी र पहिराबाट मात्र हाईन गर्मीलागे संगै पनि काठमाडौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि सर्पदशंका विरामी बढेको छ । अस्पतालमा घादिङ नुवाकोट , रामेछाप लगाएतका जिल्ला बाट समेत अस्पतालमा भर्ना भएका छन् ।

यता चिकित्सक पनि बर्षै जस्तै यसपटक पनि सर्पदशंको विरामी बढेको बताउँछन् । विरामी अझै बढ्न सक्नेहुँदा सर्पको टोकाईबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक वाशुदेव पाण्डेका अनुसार सर्प दुई प्रकारका हुन्छन् एउटा पहाडमा हुने ग्रिन्ड भाईपर र माउन्डेन्ड पिपभाईपर यी दुई प्रकारका सर्पले टोक्दा सुनिने र रक्तश्राप हुने गर्दछन् ।

तर ज्यान जाने खतरा भने नहुने चिकित्सकको भनाइ छ । तर तरानईतिर बढीमात्रामा देखिने ग्रेट र क्रोपाले टोक्यो भनेसमयमै उपचार नभएको खण्डमा मानिसको मृत्यु समेत हुने गरेको छ । त्यसैले सर्पको टोकाई बाट बच्न चिकित्सकले सचेत गरेका छन् ।

सर्पले टोकेपछि विरामीलाई दिईने एन्टिस्नेकभेनम औषधिहरु प्रसस्त मात्रामा भएको सरकारी निकायले दाबी गरेका छन् । तर यसरी सर्पदशंका विरामीको सङख्या बढेने हो भने यी औषधी पनि दर्लभहुने संकेत चिकित्सकको भनाई छ । त्यसकारण यस्ता घटना घट्नु अघिनै नागरिकलाई सचेत रहन चिकित्सकले आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्