Logo

वन्ध्याकरण गरी प्रजनन रोकियो, चीनको दुई टापु लामखुट्टेमुक्त



एजेन्सी, २ साउन । पोथी लामखुट्टेमाथि गामा नामको हल्का विकिरणमार्फत् वन्ध्याकरण गरियो । भाले लामखुट्टेमाथि वल्बाचिया नामको ब्याक्टेरियाको संक्रमणबाट वन्ध्याकरण गरियो । सन् २०१६ र २०१७ को दुई वर्षबीच भालेपोथी गरी २० करोड लामखुट्टेलाई उच्च प्रजननको समयमा चीनको ग्वाङजाओ शहरका दुई टापु साजाई र डाओसामा छाडियो ।

उच्च प्रजननको बखत भाले र पोथी लामखुट्टेलाई पर्याप्त यौन सम्पर्क गर्ने वातावरण तयार गरियो । पोथीले अन्डा पारेपनि बच्चा कोरलिएन । २० करोड लामखुट्टे छाडिएको टापुमा सन् २०१८ मा आइपुग्दा लामखुट्टे नष्ट भयो ।

नतिजा सोचेअनुरुपको आयो । चीनका वैज्ञानिकहरुले लामखुट्टेबाट मुक्ति पाउन नयाँ उपाय पत्ता लगाएका छन् । उनीहरुले लामखुट्टेको वन्ध्याकरणबाट प्रजनन रोकेर लामखुट्टेमुक्त ठाउँ बनाउने सफलता हासिल गरेका छन् ।

इन्टरनेशनल जर्नल अफ साइन्समा प्रकाशित गरेको अनुसन्धानमा लामखुट्टको वन्ध्याकरण गरी प्रजजन क्षमता नष्ट गर्ने तरिकाबाट उल्लेख गरिएको छ । चीनको सन यात्सेन विश्वविद्यालय र अमेरिकाको मिचिगन स्टेट विश्वविद्यालयको संयुक्त पहलमा प्राध्यापक सी जियोङसहितका अध्ययनकर्ताहरुले यसको परीक्षण गरी अध्ययन निष्कर्ष प्रकाशित गरेका हुन् ।

परीक्षण यति सफल भयो कि उनीहरुले ग्वांगजाओको दुवै टापुमा पोथी लामखुट्टे नष्ट नै गरिदिए । एशियन बाघ नामको लामखुट्टै नष्ट गर्न असम्भव जस्तै मानिएको थियो । परीक्षण गरिउको टापुका बासिन्दाले समेत परीक्षणको विरोध गरेका थिए । मात्र १३ प्रतिशतले समर्थन गरेको परीक्षण सफल भएपछि टापुका सबै जनता खुशी भएका छन् । उनीहरुको समर्थन देखेर वैज्ञानिकहरु पनि दग परेका छन् ।

नयाँ परीक्षणले लामखुट्टेलाई नष्ट गर्न सकिने सम्भावना देखायो । पछिल्लो समय सँसारभर लामखुट्टे समस्या बनेको छ । कतिपय रोगहरु लामखुट्टेका कारण लागिरहेका छन् ।

डेंगु, मलेरियालगायत कतिपय रोगहरु लामखुट्टेका कारण लाग्छ । यसको समस्याले मानव जातिले चुनौती झेलिरहको छ । Photo: youtube



प्रतिक्रिया दिनुहोस्

Screenshot