अब खाना खानलाई हातको प्रयोग आवश्यक नपर्ने भएको छ । बोलिदिए अनुसार मुखैमा खानाको मात्रा र प्रकार पुग्ने भएको छ ।
यस्तो प्रविधिको विकास भारतको गान्धीनगरस्थित आइआइटीका विद्यार्थीहरुले गरेका छन् । फुडबुड्डी नाम दिउको यो प्रविधिको मूल्य मात्र भारतीय रुपैयाँ तीन हजार पर्नेछ । प्रविधि छिट्टै बजारमा आउँदैछ ।
गुगल वा एलेक्साकासँग जोडिएर प्रविधिले काम गर्नेछ । यसले बोलेको आधारमा काम गर्नेछ ।
जब प्रयोगकर्ता भोकाउनेछन् तब इन्टरनेटसँग जोडिएपछि मेशिनले भनेबमोजिम खाना मुखमा राखिदिनेछ । बोलेरै खाना मुखमा राख्ने क्रम रोक्न र शुरु गर्न सकिनेछ ।
आइआइटीका विद्यार्थीद्वय क्रिस फ्रान्सिस र प्रविन बेंकेटेसले प्रविधिको विकास गरेका हुन् । उनीहरुले आफ्ना एक साथीले हातको समस्या भई सहज तरिकाले खाना खान नसकेपछि प्रविधिको विकास गर्ने सोचेका थिए ।