Logo

उड्ने मेशिन



अब तपाईं चाहेको बखत चाहेको स्थानमा एक्लै उडेर पुग्न सक्नुहुन्छ । यसका लागि जहाज या हेलिकोप्टर चाहिंदैन । खुट्टामा सानो मेशिन जडान गरी सुरक्षित पोशाक लगाए पुग्छ ।

व्यक्ति एक्लै खुल्ला आकाशमा सिधा उभिएर उड्न सक्ने मेशिनको सफल प्रयोग समेत भएको छ । सैनिकहरु माझ यसको प्रयोग गरिएको छ । मेशिनको प्रयोगाट मान्छे उभिएकै जसरी आकाशमा उड्न सकेको छ ।


फ्रान्सका अन्वेषक फ्रान्की जापाटाले एक्लै उड्ने मेशिन बनाएका छन् । मेशिनको प्रयोगले व्यक्ति एक्लै ५०० फिटसँग उड्न सक्छ । १४० किलोमिटर प्रतिघन्टाको गतिमा चल्ने मेशिन आविष्कार गर्न १३ लाख डलर लगानी भएको छ ।

Photo: Zapata



प्रतिक्रिया दिनुहोस्