Logo

२१७ डलरमा किनेको भिडियोको १८ लाख डलर



अमेरिकी अन्तरीक्ष अध्ययन केन्द्र मा इन्टर्नका लाग गएका गेरी जर्जले तीनवटा भिडियो फुटेज दुई सय १७ डलरमा खरिद गरेका थिए । सन् १९७६ मा खरिद गरेको भिडियो टेपको मूल्य आठ हजार गुणाभन्दा बढीमा बेच्न पाइएला भन्ने सोचेका पनि थिएनन् ।

चन्द्रमामा पहिलोपटक मानव पाइला परेको भिडियोबारे अहिले चासो बढेको छ । गेरीले सुरक्षित साथ राखेको ऐतिहासिक क्षणको तीनवटा भिडियो टेप अहिले लिलामीमा राखिएको छ । न्यूनतम मूल्य १८ लाख २० हजार डलर राखिएको छ ।

नेपाली रुपैयाँमा अहिले ती भिडियोको मूल्य २० करोड हुन आउँछ । लिलामीमा राखिएको भिडियो टेपमा निल आर्म स्ट्रङ र बुज अल्ड्रिनले चन्द्रमामा पाइला राखेको दृश्य समावेश छ ।

दृश्यमा चन्द्रमाको सतहमा पाइला राखेको, भर्याङ ओर्लिएको, हिंडेको र अमेरिकी झण्डा गाडेको दृश्य समेत छ । चन्द्रमामा मानव पाइला परेको दृश्यहरुमध्ये यो सबैभन्दा प्रष्ट देखिने टेप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । Photo: NASA



प्रतिक्रिया दिनुहोस्

Screenshot