Logo

अवैध बुद्धचित्त बरामद



भक्तपुर । प्रहरीले अवैध बुद्धचित्त बरामद गरेको छ । चीनलगायत मुलुकमा महङ्गो मूल्यमा विक्रीवितरण हुने बुद्धचित्तको अवैध व्यापार भइरहँदा प्रहरीले भक्तपुरमा चारजनालाई ५ साउनमा पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका-८ स्थित बा २ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दाना फेला पारी ट्याक्सी चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-७ बसुन्धरा बस्ने ४० वर्षीया शुक्र लामा, काठमाडौं बसुन्धारा बस्ने दोलखा भिमेश्वर नगरपालिका-१२ घर भएका २१ वर्षीय रोशन कार्की, काठमाडौं बसुन्धारा बस्ने रामेछाप सुनापती घर भएका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबास घर भएका २१ वर्षीय बिनोद माझी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्याक्सी जाँच गर्दा ७ वटा बोरामा रहेको बुद्धचित्तको दाना फेला पारेको थियो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot