Logo

भारतको चन्द्रयान-२ चन्द्र यात्रामा उड्यो



भारतले चन्द्रयान-२ को प्रक्षेपण गरेको छ । भारतीय समय अनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान २ को प्रक्षेपण गरिएको हो ।

भारतीय टेलिभिजनहरुले चन्द्रयान प्रक्षेपण भएको दृश्य प्राथमिकताका साथ प्रसारण गरेका छन् । श्रीहरिकोटबाट चन्द्रयान प्रक्षेपण गर्दा भारतीयहरुले प्रफुल्ल देखिन्थे ।

चन्द्रयान ४८ दिन लगाएर चन्द्रमाको सतहमा पुग्नेछ । ७ सेप्टेम्बर सन् २०१९ मा चन्द्रमाको दक्षिणी ध्रुवमा हल्का अवतरण गर्नेछ । चन्द्रयान अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बन्नेछ ।

१५ करोड डलरको महत्वाकांक्षी योजना सफल गराउन भारतीय वैज्ञानिकहरुले लामो तयारी गरेका थिए । भारतले एक दशकभित्र चन्द्रमामा मानवसहितको यान पठाउने तयारी गरिरहेको छ ।

यसअघि १५ जुलाईमा उड्नै लाग्दा प्रक्षेपण स्थगित गरिएको थियो । उड्नुभन्दा ५६ मिनेट अघि यान प्रक्षेपण रोकिएपछि भारतभित्र र बाहिर आशंकाहरु पैदा भएका थिए । केही प्राविधिक समस्याले ढिलाई गरेपनि अब सबै समस्या ठिक गरेर उडाउन लागिएको भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इस्रोनले जनाएको छ । Photo: Deccan Chronic



प्रतिक्रिया दिनुहोस्