क्यालिफोर्निया । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमेश राज जोशी अमेरिकामा सम्मानित भएका छन् । क्यालिफोर्नियास्थित नेपाली कम्युनिटी सेन्टर एनसीसीले ५ साउनमा विशेष समारोह आयोजना गरी सम्मान गरेको हो ।
अमेरिका भ्रमणमा रहेका जोशीलाई प्रहरी सेवामा रहेर देश र समाजका लागि निर्भिक रही योगदान गरेवापत सम्मान गरिएको एनसीसीले जनाएको छ । एनसीसीका अध्यक्ष तथा हिमालयन फाउन्डेसन कर्पका संस्थापक तथा युवा व्यवसायी यज्ञलाल श्रेष्ठले एसएसपी जोशीको योगदानको उच्च कदरस्वरुप सम्मान गरिएको बताए ।
नेपाल प्रहरी इन्टरपोल शाखाका प्रमुख समेत रहेका एसएसपी जोशीले नेपाली कम्युनिटीबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै यो सम्मानले आफूलाई आफ्नो कर्तव्य र दायित्वप्रति अझ जिम्मेवार बनाएको धारणा राखे ।
उनले अहिले समाज नयाँ शैलीको अपराधतर्पm उन्मुख भएकाले हरेक नागरिक सचेत हुनुपर्ने सुझाव दिए । उनले बिलासी जीवनले गर्दा अपराध बढिरहेको औल्यादै सबैले समान्य जीवनशैलीमा जोड दिनुपर्ने बताए ।
एनसिसिले निस्वार्थ रुपमा समाजको सेवा गरिरहेका व्यक्तित्वलाई हौसला स्वरुप यसप्रकारको सम्मान प्रदान गर्ने गरिएको जानकारी अध्यक्ष यज्ञलालले दिए ।
समारोहमा एनसिसिका संस्थापक अध्यक्ष उत्तम कार्की, एनसिसिका अध्यक्ष यज्ञलाल, एनसिसिका महासचिव बालकृष्ण आचार्य, लायन्स क्लव इन्टरनेशनल डिस्टिक क्यालिफोर्नियाका पूर्व डिस्टिक गर्भनर राजेन थापा, एनआरएन एनसीसी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुन्दर मल्ल, फिल्म निर्देशक नारायण पुरी, एनआरएन एनसीसी युएसएका परिश्चम क्षेत्रीय उपाध्यक्ष सर्वज्ञ वाग्लेलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।