Logo

निर्मला हत्यालाई हल्का रुपमा लिएको भन्दै गृहमन्त्रीको आलोचना



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल विवादमा परेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा बोलेपछि उनी विवादमा परेका हुन् ।

बादलले निर्मला पन्त जस्ता धेरै महिलाको बलात्कार भएको भन्दै घटनालाई हल्का बनाएर बोलेका थिए । उनको अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले विरोध गरेका छन् ।

महिला सांसदहरुले गृहमन्त्री जस्तो जिम्मेवार व्यक्तिले बलात्कार जस्तो संवेदनशील विषयमा हल्का तरिकाले बोलेको भन्दै आलोचना गरेका हुन् । कुनैपनि हालतमा निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिइएपनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

१० साउनमा निर्मला पन्तको हत्या भएको एक वर्ष पुग्दैछ । यसबीच शंकास्पद व्यक्तिहरु पक्राउ गरिएपनि दोषी पत्ता लाग्न सकेको छैन ।

२०७५ सालमा साथीको घरमा पुगेकी निर्मला वेपत्ता भएपछि खोज्दा भोलिपल्ट हत्या गरी उखु बारीमा फालिएको अवस्थामा फेला परेकी थिइन् । बलात्कारपछि निर्मलाको हत्या गरिएपछि शंका उपशंका उब्जिएको थियो ।



प्रतिक्रिया दिनुहोस्