Logo

योगीलाई लखनऊ पुगेर राजदूत आचार्यले भेटे



काठमाडौं । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न लखनऊ पुगेका छन् । उत्तर प्रदेशको राजधानी लखनऊस्थित मुख्यमन्त्रीको कार्यालयमा योगीलाई आचार्यले भेटेका छन् ।

८ साउनमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ । आचार्यका अनुसार दुवै देशको मैत्रीपूर्ण सम्बन्धबारे हार्दिक र विस्तृत कुराकानी भएको छ ।


योगीसँग राजदूतले दुई देशको समथर भूभागमा हुनेगरेको डुबानलगायत समस्याको दीर्घकालिन समाधानबारे विषय उठाएका थिए । योगीले समस्या समाधानका लागि आफूले ध्यान दिने बताएका थिए ।

योगी नेपालबारे निकै जानकार हुन् । उनी मुख्यमन्त्री नहुँदै नेपाल आइरहन्थे । नेपालमा हिन्दु राष्ट्र हुनुपर्ने पक्षका योगीसँग राजदूत आचार्यको भेटलाई निकै महत्वका साथ हेरिएको छ । Photo: Nepal Embassy, India



प्रतिक्रिया दिनुहोस्

Screenshot