Logo

झलनाथले स्कुल विभाग नछाड्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र महत्वपूर्ण विभागहरुमा प्रभावशाली नेताहरुको हानथाप चलिरहेको छ । संगठन विभाग र स्कुल विभागमा धेरै नेताहरुले इच्छा देखाएपछि विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई समस्या परिरहेको छ ।

स्कुल विभागमा इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठबीच प्रतिष्पर्धा चलिरहँदा झलनाथ खनालले बाजी मार्ने देखिएको छ । खनालले प्रशिक्षणसम्बन्धि महत्वपूर्ण स्कुल विभागमा इच्छा देखाएका छन् ।

ऋषि धमलासँगको कुराकानीमा खनालले आफू पार्टी अध्यक्ष भइसकेकाले स्कुल विभाग सशक्त ढंगले हाँक्न सक्ने बताए । उनले भने, स्कुल विभाग चलाउन सक्छु ।

स्कुल विभागमा खनालले इच्छा देखाएपछि पोखरेल र श्रेष्ठ अन्य जिम्मेवारीमा जानुपर्ने अवस्था बन्न सक्छ ।

संगठन विभागमा वामदेव गौतम र विष्णु पौडेलको दाबी छ । गौतमलाई चिढ्याउँदा चुनौती झेल्नुपर्ने अवस्था ओलीसामु छ । महासचिव पौडेल ओलीका विश्वासपात्र हुन् ।

संगठन विभाग र स्कुल विभागका कारण नेकपाभित्रको एकता प्रक्रियालाई टुंगोमा पुर्याउन कठिनाई भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot