Logo

चन्द्रमातर्फ बढ्न ऊर्जा संकलन गर्दै भारतको चन्द्रयान



एजेन्सी । भारतले प्रक्षेपण गरेको चन्द्रयान-२ चन्द्रमातर्फ बढ्दैछ । पृथ्वीको अक्षमा पुगेको यान पृथ्वीबाट सबैभन्दा कम २३० किलोमिटर र टाढा ४५ हजार एक सय ६३ किलोमिटर दूरीको अक्षमा रहिरहेको भारतीय अन्तरीक्ष केन्द्र इस्रोनले जनाएको छ ।

आवश्यक ऊर्जा प्राप्त गरेपछि चन्द्रमाको अक्षतर्फ बढ्नेछ । अगष्ट १४ सम्म पृथ्वीको अक्षमा रहने चन्द्रयान चन्द्रमाको अक्षतर्फ बढ्नेछ । २० अगष्टमा चन्द्रमाको अक्षमा पुग्नेछ ।

चन्द्रमाको सतहबाट एक सय किलोमिटर टाढा रहने गरी यान रहने र ३ सेप्टेम्बरमा विक्रम ल्यान्ड र प्रग्यान रोभर मुख्य यानबाट अलग हुनेछ । ७ सेप्टेम्बरमा चन्द्रमाको शतहमा अवतरण गर्ने तय भएको इस्रोनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot