Logo

बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा तीनको मृत्यु (भिडियोसहित)



एजेन्सी । अमेरिकामा एक व्यक्तिले अन्धाधुन्दा गोली प्रहार गर्दा तीन व्यक्तिको मृत्यु भएको छ । १२ साउनको राति क्यालिफोर्नियामा भएको फुड फेष्टिभलमा गोरा व्यक्तिले गोली चलाएका थिए ।

प्रहरीले बन्दुधकारीलाई गोली हानेर मारिदिएको छ । बन्दुकधारी फुड फेष्टिबल भित्र छिर्दा मुख्यबाटोभन्दा बाहिरबाट छिरेका थिए ।

बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउन थालेपछि मानिसहरुको भागदौड मच्चिएको थियो । भागदौडको भिडियो सामाजक सञ्जालमा राखिएको छ ।


अमेरिकामा पछिल्लो समय बन्दुकधारीले अन्धाधुन्दा गोली चलाएर मान्छेको हत्या गर्ने क्रम बढेको छ ।

Photos and Videos: Agencies



प्रतिक्रिया दिनुहोस्

Screenshot