Logo

ओली सिंगापुर र प्रचण्ड दुवई जाँदै, उद्देश्य फरक



काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड साउन १८ गते आसपासमा देश बाहिर जाने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर र अर्का अध्यक्ष प्रचण्ड भने पार्टीकै भेटघाटको सिलसिलामा दुवई जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार ओली यही साउन १८ गते सिंगापुर जाने तय भएको छ । पछिल्लो समय नेपालमै स्वास्थ्य परीक्षण गराईरहेका ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने निधो गरेका हुन् ।

पार्टीका विभिन्न विभागको नेतृत्व चयन गर्ने भनेर आज डाकिएको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सिंगापुर भ्रमणबारे जानकारी गराएका थिए । सोही कारण सचिवालयको अर्को बैठक साउन २८ गते बस्नेगरि स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस्