
काठमाडौं, १५ साउन । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईलाई मन्त्री बनाएका छन् । स्थायी समिति सदस्य समेत रहेका सांसद भट्टराईले आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सपथ लिने नेकपानिकट उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आजै ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । FILE PHOTO/M. Kalikote