Logo

अब मुलुकमा विकासको छल्याङ मार्ने बेला भयो : झलनाथ खनाल



काठमाडौं, १५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन् । आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उनले भने,“मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या रहेको छैन् ।”

पूर्वप्रधानमन्त्री खनालले अहिले मुलुक विकासकै चरणमा रहेको बताउँदै यो समयमा पनि विकासका काम नभएमा मुलुक पछि पर्ने धारणा व्यक्त गरे । उनले १० वर्ष लगाएर निर्माण गरेको संविधान विकासको जग भएको भन्दै अब मुलुकमा विकासको छल्याङ मार्ने बेला भएको बताए । “हामीले लामो समय राणाकाल, पञ्चायती व्यवस्थाजस्ता निरङ्कुश शासन व्यवस्था झेलेऊ”, उनले भने, “अब कुनै पनि निरङ्कुश व्यवस्था छैन । त्यसैले यो समयमा तीव्र विकास गर्नुपर्छ ।”

उनले संविधान निर्माणपछि मुलुकमा अधिनायकवाद समापन भएको, जनतालाई अधिकार सम्पन्न बनाएको र प्रगतिको मार्ग देखा परेको उल्लेख गर्दै सूर्योदय नगरपालिका विकास र प्रगतिमा नेपालकै उत्कृष्ट नगर भएकाले अन्य स्थानीय तहले पनि यसबाट पाठ सिक्नुपर्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot