Logo

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ



काठमाडौं, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शपथ लिएका छन् । बुधबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति छ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका थिए। पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

तस्विर : गणेश पाण्डेको फेसबुकबाट 



प्रतिक्रिया दिनुहोस्

Screenshot