Logo

किन भागेर भारत पुगे मालदिभ्सका पूर्व उपराष्ट्रपति



३३ वर्षकै उमेरमा मालदिभ्सका पूर्व उपराष्ट्रपति बनेका अहमद अडिबमाथि भ्रष्टाचारको अभियोग छ । सन् २०१५ मा उपराष्ट्रपति बनेको केही महिनामै तत्कालिन राष्ट्रपति अब्दुल्ला यमिनको हत्याको प्रयास गरेको अभियोग लाग्यो । उनले मनी लन्ड्रिङको अभियोगमा तीन वर्ष जेल सजाय समेत काटिसेका छन् ।

मालदिभ्सको सत्ता संघर्षका क्रममा उनी पक्राउ परेका थिए । अहिले उनै अहमद डुंगा चढेर भारत पुगे । भारतमा उनले शरण मागे ।
१६ साउनमा भारतको तालिम नाडुमा उनी चढेको डुंगा पुगेको थियो । चार दिन लामो यात्रा गरी मालदिभ्सको जोखिमयुक्त यात्रा गरेका थिए । भारतको समुन्द्री तटका सुरक्षाकर्मीले उनीसँग सोधपुछ गरेपछि मालदिभ्सका पूर्व उपराष्ट्रपति भएको पत्ता लागेको थियो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रविसकुमारले उनलाई भारतको सीमाभित्र प्रवेश गर्न नदिएको जनाएका छन् । उनीसँग यात्राका लागि आवश्यक वैधानिक कागजपत्र समेत नभएको उल्लेख छ ।


अहमदले भारतमा शरण मागेको उनका वकिलले खुलाएका थिए । टोबी क्याडम्यानले राजनीतिक आस्थाले प्रेरित कारबाहीबाट जोगिन भारतमा शरण मागेको बताएका छन् । उनलाई शरण नदिन मालदिभ्सले कुटनीतिक पहल थालिसकेको छ । अहमदमाथि फौजदारी अभियोग रहेकाले फिर्ता गराउन प्रयास गरिरहेको छ । तस्वीरः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्

Screenshot