नयाँ दिल्ली । भारतका विदेश मामिला मन्त्री एस जयशंकरले यसै महिना चीनको भ्रमण जाने भएका छन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङको भेटवार्ताको तयारीका लागि उनी बेइजिङ जान लागेका अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुमा जनाइएको छ ।
गत बर्षको अप्रिलमा एक शिखर सम्मेलनमा सहभागी हुन उहानमा गएका बेला मोदी र सि चिनफिङबिच अनौपचारिक भेटवार्ता भएको थियो ।
दुवै पक्ष अहिले पनि कुटनीतिक संयन्त्र मार्फत सम्पर्कमै रहेको र भेटवार्ताको स्थान र मिति तय गर्नमा लागेको समाचारमा उल्लेख छ ।
भ्रमण सम्वन्धी विस्तृत विवरण जयशंकरको चीन भ्रमणपछि मात्रै सार्वजनिक हुने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।एजेन्सी