Logo

अमेरिकी राष्ट्रपतिमा ओबामाको पत्नीको उमेदवारी बारे यस्तो चर्चा



काठमाडौं, साउन १८ । अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छन ।

उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट पारेकी छन । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटोहरु रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको धारणा सार्वजनिक गरेकी छन ।

“त्यस विषयमा मेरो शुन्य संभावना रहेको छ,” उनले भनाई रहेको छ ।आफु युवाहरुसँग काम गर्न चाहेको र स्वस्थ जीवनका लागि धेरै परिवारलाई सहयोग गर्न चाहेको उनको भनाई रहेको छ ।

आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन पटक पटक आग्रह भइरहेको जानकारी गराउदै उनले हालै मात्र अमेरिकी चलचित्र निर्माता मिचेल मुरले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्न मिचेल ओबामाले मात्रै सक्ने बताएकी थिईन । उनको टिप्पणीसँगै राष्ट्रपतिका लागि मिचेल ओबामाको उम्मेदवारीको चर्चा चुलिएको हो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot