Logo

२० लाख नरशंहारका योजनाकारको मृत्यु



कम्बोडियामा चार वर्ष लामो कम्युनिष्ट खमेरुज शासनका मुख्य योजनाकार नुओन चीको निधन भएको छ । ९३ वर्षीय चीको ४ अगष्टमा निधन भएको हो ।

खमेरुज शासनका मुख्य योजनाकार तथा विचारकका रुपमा उनी चिनिन्थे । पोलपोटले कम्बोडियामा शासन गर्दा उनी दोस्रो नम्बरका नेता थिए । उनीमाथि नरशंहारको अभियोग लागेको थियो । सन् २०१८ मा अदालतले आजीवन काराबासको सजाय सुनाएको थियो ।

माओवादी खमेरुजको शासनकालमा २० लाख मानिस मारिएका थिए । सँसारकै इतिहासमा मानवताविरोधी गतिविधि उक्त शासनमा भएको थियो । सन् १९७५ देखि १९७९ को शासनकालमा विरोधीहरुको संहार गरिएको थियो ।

खमेरुज शासनकालमा शक्तिमा रहेकाहरुमाथि अदालती कारबाही भएको थियो । कम्बोडियाले गृहयुद्धपछि शान्तिको मार्गमा फर्कन निकै संघर्ष गर्नुपरेको थियो । Photo: Yahoo



प्रतिक्रिया दिनुहोस्