Logo

डीडीसीले भारतबाट दूध आयात गर्दै



काठमाडौं २० साउन । दुग्ध विकास संस्थान (डीडीसी) ले भारतबाट दूध खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । माग पूरा गर्न नसकेकाले भारतको पटनास्थित एक डेरीसँग करिब ३० हजार लिटर दूध आयात गर्न लागेको हो । संस्थानका अधिकारीहरु साता अघि सम्झौता गरी फर्किएका छन् ।

‘अब केही दिनभित्रमा पटनाको डेरीबाट दूध आउँछ,’ हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख गणेशकुमार यादवले भने ।

दूध अभाव भएकाले संस्थानले भारतबाट आयात गर्न लागेको उनले जानकारी दिए । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot