Logo

विवाह चलिरहँदा हमला हुँदा ४० को मृत्यु



लिबियामा विवाह चलिरहँदा भएको ड्रोन हमलामा ४० जनाको मृत्यु भएको छ । ४ अगष्टमा मुरजुक शहरमा भएको घटनामा दर्जनौं घाइते भएका छन्

लिबियाका विद्रोही समूहले लिबियाको दक्षिणपश्चिम शहरमा हमला गरेको त्यहाँको मिडियाले जनाएका छन् । खलिफा हफ्तारप्रति बफादार सशस्त्र समूहले आक्रमण गर्दा मानिसहरु विवाहमा रमाइरहेका थिए ।

खलिफा समूह लिबियाको बलियो विद्रोही समूह हो । पूर्वी लिबियामा मजबुत रहेको उक्त समूहले तीन महिना यता हिंसात्मक आक्रमणहरु गर्दै आएको छ । उक्त समूहलाई वार्तामा ल्याउन चौतर्फी प्रयास भइरहेको छ ।

कर्णेल मोहमुद गद्दाफीको पतनपछि लिबियामा विभिन्न समूहले हिंसात्मक गतिविधि गर्दै आएका छन् । तेलको धनी देश लिबिया संकटमा छ । Photo Source: Press From



प्रतिक्रिया दिनुहोस्

Screenshot