Logo

‘३५ हजार नेपालीहरु मानव बेचबिखनमा परे र १५ लाख जोखिममा रहेका छन’



काठमाडौं, २० साउन । राष्ट्रिय मानवअधिकार आयोगले चीनमा मानव ओसारपसार र मानव बेचबिखन अर्को समस्याकारुपमा देखापरेको र केरुङ नाकाबाट गत वर्ष २९ जना महिलाको उद्धार गरिएको पनि आयोगले जनाएको छ । चीनमा नेपाली महिलालाई पर्यटन भिसामा लगेर ‘डान्सबार’मा काम लगाउने र जबर्जस्ती विवाह, यौनशोषण गर्ने गरिएको पाइएको पनि आयोगले जनाएको छ ।

सोमबार ललितपुरमा मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो तथ्य सार्वजनिक गरेको हो । त्यस्तै, मानव बेचबिखन केवल यौनबजार र बाध्यकारी श्रमका लागिमात्र नभएर तेस्रो राष्ट्रमा बेचबिखनका लागि भारतीय मार्ग प्रयोग भइरहेको पनि आयोगले जनाएको छ । तेस्रो मुलुकमा हुने मानव ओसारपसार र मानव बेचबिखन विशेषगरी खाडी मुलुकहरु हुने गरेको छ । आयोगका अनुसार भारत तेस्रो राष्ट्रमा मानव बेचबिखनको मार्ग बनेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष अनुपराज शर्माले लोकतन्त्रमा मानवअधिकार र प्रेस स्वतन्त्रता अपरिहार्य हुने कुरा सरकारले बेलैमा बुझनुपर्ने भन्दै सुझाव दिएका छन् । भारतीय यौनबजारमा नेपाल, बंगलादेश र भारतभित्रकै महिला तथा बालबालिकाको संख्या अत्यधिक रहेको र नेपाल–भारत मानव ओसारपसार ५०० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

 

त्यस्तै, युरोपेली मुलुकहरु र अस्ट्रेलियामा पनि पर्यटन, अध्ययन, विवाहको नाममा ओसारपसार हुने गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा करिब ३५ हजार नेपालीहरु मानव बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको पनि आयोगले जनाएको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्