Logo

बलात्कारीले नै पुरुषत्व नष्ट गर्न माग गरे



बलात्कारको आरोपमा २१ बर्षको जेल सजायँ पाएका एक पुरुषले अदालतमा आफ्नो पुरुषत्व नष्ट गर्न माग गरेका छन् । जिम्बाबेको बुलायो शहरमा बस्ने जोलिसानी नक्ला नाम गरेका उनले बलत्कारको आरोपमा जेल सजाय तोकिदा न्यायाधीशसंग उक्त माग राखेका हुन् ।
जागिरका लागि अन्र्तवार्ता लिने भन्दै २० बर्षिय बिबाहित महिलालाई बोलाएर बालात्कार गरेको उनले स्विकारेका छन ।

अदालतको सुरुवाती बयानमा उनले ती महिला यौनकर्मी रहेको र त्यसबापत आफुले उनलाई पैसा तिरेको बताउदैै आएपनि पछि उनले आरोप स्वीकार्दै न्यायाधीशसमक्ष जेल सजायँको सट्टा नयाँ प्रस्ताव अघि सारेका थिए ।

‘श्रीमान् मलाई जेल पठाउनुभन्दा सामाजिक सेवामा खटाइयोस वा जरिवाना मात्र तिराइयोस्,’ उनले भने, त्यो सम्भव छैन भने मलाई खसि पारियोस् ता कि मैले आगामी दिनमा कसैलाई पनि बलात्कार गर्न नसकुँ ।’ उनले अदालतसंग बयानको क्रममा आफ्नो पिडा सुनाएका छन् ।

उनले आफ्नो पुरुष जनेन्द्रीयलाई काटेर फालिदिए पनि आफुलाई फरक नपर्ने तर जेल चाहिँ नजाने अडान राख्दै आएका छन्। ‘श्रीमान् मेरा सानो उमेरका तीन छोराछोरी छन, म जेल गएँ भने उनले म कस्तो छु भन्ने पनि थाहा पाउने छैनन्’ उनले अनुनय बिनय गर्दै भने,‘म बाबुको अनुहार नदेखी हुर्किएँ, उनीहरुले पनि त्यो पीडा भोग्न नपरोस् ।’

तर, न्यायाधीशले उनको खसी बनाउने आग्रहलाई स्वीकार गरेनन् । बरु, राम्रो आचरणका लागि तीन बर्षको जेल सजायँ छुट गरिदिए ।

अन्तिममा उनले आफ्नो अपराध स्वीकार्दै सामान्य कारवाही गरिदिन वा आफ्नो पुरुषत्व नै खोसिदिन आग्रह गरेपनि उनले जेलमा १८ बर्ष बिताउनुपर्ने भएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्