Logo

मोदीले भने-बिखण्डनवाद र आतंकवादको खतराबाट भारतलाई मुक्त गर्न एतिहासिक कदम



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिखण्डनवाद र आतंकवादको खतराबाट भारतलाई सदाका लागि मुक्त गर्न जम्मु काश्मिर मामलामा महत्वूर्ण कदम चालेको बताएका थिए । २३ साउनमा भारतीय जनताका नाममा सम्बोधन गर्दै काश्मिरलाई प्रदान गरिदै आएको विशेष स्वायत्त राज्यको अवस्था अन्त गर्ने कदमले जम्मु काश्मिरमा विद्यमान अन्यायको समेत अन्त भएको बताएका हुन् ।

उनले भने, जम्मु काश्मिर र लदाकमा नयाँ युग आरम्भ भएको छ । नयाँ युग आरम्भ भएको सबै जनतालाई बधाई दिए । भारतको संविधानबाट धारा ३७० हटाएर सरदार पटेल, एस पी मुकरजी, बी आर अम्बेडकर र अटल विहारी वाजपेयीको सपना पूरा गरेको बताए । तीन दशकबीच ४२ हजार सर्वसाधारणले ज्यान गुमाइसकेकाले जम्मु काश्मिरलाई आतंकवाद र बिखण्डनवादबाट मुक्त पाउन पनि समयमै निर्णय लिइएको बताए ।

मोदीले सबैलाई विकासमा लाग्न भने । भारत सरकारले चालेको कदमको बचाऊमा अधिकांश समय लगाएका उनले विकासमा लाग्न सर्वसाधारणलाई आग्रह गरे ।

यसैगरी, पाकिस्तानले काश्मिरमा भारतले नौ लाख सुरक्षाफौज तैनाथ गर्न खोजिरहेको आरोप लगाएको छ । भारत र पाकिस्तानबीच काश्मिर मामलाले सम्बन्ध झनै बिर्गिने देखिएका छ । Photo File



प्रतिक्रिया दिनुहोस्

Screenshot