Logo

भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु



भारत र पाकिस्तानबीच काश्मिरमा गोली हानाहान भएको छ । काश्मिरमा पर्ने दुवै देशको सीमा क्षेत्रमा भएको गोली हानाहानमा सैनिकहरुको हताहती भएको हो ।

पाकिस्तानले आफ्नो तीन सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । दुई देशको नियन्त्रण रेखा अर्थात लाइन अफ कन्टोलमा दोहोरो भिडन्तमा उनीहरुको मृत्यु भएको हो ।

दोहोरो भिडन्तमा पाँच भारतीय सैनिकको ज्यान गएको भनिएपनि पुष्टि भएको छैन । भारतले यसको खण्डन गरेर आफ्नोतर्फ कुनै हताहती नभएको जनाएको छ ।

काश्मिरलाई प्रदान गर्दै आएको विशेष राज्यको अधिकार खारेजपछि पछिल्लो घटना भएको हो । पछिल्लो समय दुवै देशबीच तनाव बढेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot