चन्द्रयान-२ पृथ्वीको अक्ष छाडेर चन्द्रमाको क्षेत्रतर्फ बढेको छ । भारतले प्रक्षेपण गरेको चन्द्रयान २३ दिन पृथ्वीको क्षेत्रमा रहेर चन्द्रमातर्फ बढेको हो ।
२२ जुलाईमा प्रक्षेपण गरिएको यानले पाँचपटक पृथ्वीको क्षेत्र छाड्ने प्रयास गरेको थियो । पाचौंपटकमा क्षेत्र छाड्ने निचोड निकालिएको थियो । १४ अगष्टमा उसले पृथ्वीको अक्ष छाडेर चन्द्रमाको क्षेत्रमा प्रवेश गरेको थियो । अब २० अगष्टमा चन्द्रमाको क्षेत्रमा पुग्नेछ ।
७ सेप्टेम्बरमा चन्द्रयान पृथ्वीको दक्षिणी ध्रुवमा पुग्नेछ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेशनले चन्द्रयान २ लाई लामो तयारीपछि चन्द्रमातर्फ बढाएको थियो । Photo Source: Firstpost