Logo

कोठामा जुवातास खेल्ने पक्राउ



काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले जुवा खालबाटै एक समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ४ वाफल डेरा गरी बस्ने रौतहट विन्द्रावन नगरपालिका ४ घर भएका प्रमोद राउतसहित पाँच जना छन् । राउतको कोठामा जुवातास खेलिरहेको अवस्थामा राउत समेत पाँच जनालाई नगद ४३ हजार ५ सय रुपैयाँ र तीन बुक तास सहित ३२ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी ,भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोट रोकागाउँ बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढीका डिल्ली प्रसाद आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा आचार्य लगायत पाँच जनालाई नगद ४३ हजार ३ सय ५० रुपैयाँ र तीन बुक तास सहित ३२ साउनको साँझ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका १३ ईन्द्रेणी मार्गस्थित शिव कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेका श्रेष्ठ सहित ६ जनालाई नगद १७ हजार ३ सय ५५ रुपैयाँ र तीन बुक तास सहित ३२ साउनको साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot