Logo

सरकारको वेवास्तामा प्राविधिक शिक्षा, शिक्षित जनशक्ति बेरोजगार



काठमाण्डौ । नेपालको शिक्षा सीपमूलक छैन । न त व्यवहारिक नै छ । वर्षौ लगाएर डिग्रीको प्रमाणपत्र हात पर्छ । तर अब के काम गर्ने भनेर टोलाउनुपर्ने अवस्था छ । व्यवहारिक तथा प्राविधिक शिक्षाको अभावले कागजी प्रमाणपत्र हात पर्ने तर काम नपाउने अवस्था छ । यसप्रति भने सम्बन्धित निकायले ध्यान दिएको पाइदैन ।

देशको समग्र शिक्षाको लागि प्राविधिक शिक्षा महत्वपूर्ण आधार स्तम्भ हो । यसको उदाहरणको रुपमा अरु देशको शिक्षलाई लिन सकिन्छ । तर नेपालको प्राविधिक तथा व्यववसायिक शिक्षामा प्रगति भएको छैन । सरकारले देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक भन्दै कागजी रुपमा निकै प्राथमिकता दिएको थियो । तर व्यवहारिक रुपमा वेवास्ता गरिएको छ ।

न त अवाश्यक बजेट नै छुट्टयाइएको छ । जसका कारण लाखौ युवाहरु विदेशिन बाध्य छन् । देशको संविधानले पनि रोजगारको अधिकारलाई उल्लेख गरेको छ । तर स्पष्ट छ, आवश्यकता अनुसारको, सीपयुक्त तथा गुणस्तरीय शिक्षाको पहूँच सबै छैन ।

प्राविधिक विशेषज्ञ प्रा डा टंकनाथ शर्माका अनुसार सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षामा सरकारको लगानी न्यून हुनुका साथै तालिम सुविधाको व्यवस्था नगरेको बताउनुभएको छ । सरकारले यसलाई प्राथमिकतामा नराखेर नीतिको व्यवस्था नगरेको आरोप लगाएका छन् । दायित्व सरकारले बोकेको भएता पनि आवश्यकतालाई नजर अन्दाज गरिएको विशेषज्ञ शर्माको आरोप छ ।

विद्यार्थी राजनीति गरेर हक अधिकारका कुरा गर्ने नेताहरु भने शैक्षिक आवश्यकतालाई खासै महत्व दिदैनन् । प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन दबाब दिने भन्दै गठन गरिएको विभिन्न विद्यार्थी संगठनका नेताहरु भने स्वार्थकेन्द्रित राजनीति गर्न व्यस्त छन् । यद्यपी सरकारलाई जोड दिन नछोडेको उनीहरुको दाबी छ ।

प्राविधिक शिक्षालाई व्यवस्थित बनाउने हो भने बेरोजगार बस्नुपर्ने बाध्यता निकै कम हुन्छ । तर नेपालमा यो शिक्षालाई प्राथमिकता नदिनुले पढेका नागरिकले पनि रोजगार पाउन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot