Logo

हङ्गकङ्ग सरकारले आन्दोलनकारीसँग वार्ता गर्ने



हङ्गकङ्गकी प्रमुख कार्यकारी क्यारी लामले सरकारले सबै पृष्ठभूमिका मानिसहरूसँग वार्ता गर्न एक समिति बनाउने बताएकी छिन् । उनले २० अगष्टमा यसको जानकारी गराइन् ।

“मेरा सबै प्रमुख अधिकारीहरू र म जनताले भनेको सुन्न हामी प्रतिबद्ध छौं,’’ उनले भनिन् । लामले उनीलगायत सरकारका शीर्ष अधिकारीहरू नम्र र खुला ढगले राजनीतिक क्षेत्रका मानिसहरुलाइ सुन्न प्रतिबद्ध रहेको बताइन् । संवादले अब विभाजित समाजमा पारस्परिक सम्बन्ध र सम्मान गर्न सहयोग पुर्याउँछ र शहरलाई लामो अराजकताबाट मुक्त हुन मद्दत गर्दछ ।

परम्परागत कार्यकारी काउन्सिलको बैठक अगाडि पत्रकारसँग कुरा गर्दै लामले अहिंसात्मक सप्ताहन्त सम्मेलन हुने आशा गरिन् । मध्य जूनमा बढाइएको सुपुर्दुगीसम्बन्धी विधेयकको विरूद्ध यस हप्ताको अन्तिम प्रदर्शनहरू शान्त थियो । लामले भनिन्,“उनी विश्वस्त छन् कि हङ्गकङ्गमा विदेशी कम्पनीहरुलाई आकर्षित गर्नमा यसका फाइदाहरु थिए ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्