Logo

पार्टीभित्र प्रचण्ड सक्रिय, बोलाए बैठक



काठमाडौं, ८ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री उपचारको लागि सिंगापुरमा रहेको बेला उनको अनुपस्थितिमा बैठक बोलाउने अधिकार प्राप्त गरेका अर्का अध्यक्ष दाहालले आफूलाई सक्रिय बनाएका छन् ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डले भोलि (सोमबार) विहान १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन् । बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुनेछ ।

आजमात्रै अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले स्पष्ट पारिसकेको छ । लगत्तै, प्रचण्डले विशेष गृहकार्यसहित सचिवालय बैठक बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot