Logo

महङ्गा सवारी साधनको लर्को, ६२ लाखको बाइक (भिडियोसहित)



काठमाण्डौ । नेपालमा कति मूल्य बराबरका मोटरसाइकल पाइन्छ होला ? २ लाख, ४ लाख, १० लाख यस्तै । होइन, ६२ लाख रुपैयाँसम्मका मोटरसाइकल पाइन्छ । चार पाङ्ग्रे सवारी साधन पनि आम बुझाईभन्दा फरक मूल्यका पाइन्छन् । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोमा देखिएका सवारी साधनहरु विभिन्न विशेषताका छन् ।

यो मोटरसाइकल हेर्नुस् । (भिडियोमा)
सायद नेपालमा पाइनेमध्यकै सबैभन्दा बढि मूल्यको मोटरसाइकल हुन सक्छ यो । ६१ लाख ९० हजार रुपैयाँ पर्ने यो मोटरसाइकल इटलीको एमभि अगुष्टा मोटर कम्पनीले उत्पादन गरेको हो । एफ फोर मोडलको यो मोटरसाइकले नेपालमा लोकप्रियता हासिल गर्दै गएको विक्रेताको दावी छ ।

एमभि अगुष्टा मोटर कम्पनीका अन्य उत्पादनहरु पनि धेरै मूल्यका छन् । यही कम्पनीको टुरिज्मो भेलोकको मूल्य करिब ५८ लाख रुपैयाँ छ । यस कम्पनीले उत्पादन गरेका न्युनतम ४३ लाख ९० हजारदेखि अधिकतम ६१ लाख ९० हजार रुपैयाँसम्मका मोटरसाइकल नेपालमा विक्री भइरहेका छन् ।

मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा यस्ता थुप्रै विशेषता भएका दुई तथा चार पाङ्ग्रे सवारी साधन राखिएको छ । प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्टपुर्जा एवम् ग्यारेजलगायतका बस्तु तथा सेवा राखिएको छ ।

नेपाली सडकमा पछिल्लो सयम विश्व बजारमा चर्चा पाउने महंगा गाडीहरु देखिन थालेका छन् । युरोप र अमेरिकामा बनेका प्रिमियम कारहरु धमाधम नेपाल भित्रिन थालेका छन् ।

ल्यान्डरोभर, मर्सिडिज, अउडी, बिएमडब्लु, हम्मर, जगुअरलगायतका चर्चित ब्राण्डहरु नेपाली सडकमा गुडेको भेट्न सकिन्छ । अउडी, बिएमडब्लु र हमर गाडी पनि व्यक्तिगत रुपमा नेपाल ल्याएर चढेको देखिन्छ ।

खासगरी व्यवसायीक घराना र कुटनीतिक नियोगका व्यक्तिहरु महंगा गाडीहरु चढ्छन् । कुटनीतिक नियोगका कर्मचारीलाई भन्सार छुट सुविधा छ । कतिपय विदेशी दूतावास तथा विदेशी संस्थाहरु आफ्नै मुलुकको प्रतिष्ठित ब्रान्ड प्रयोग गर्न रुचाउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot