बङ्गलादेशमा कुनैपनि अविवाहिता महिलाले फाराम भर्दा विवाह नगरेको भए कुमारी लेख्नुपथ्र्यो । यसको अर्थ भर्जिन हुन्थ्यो । कुनैपनि महिलाले आफू भर्जिन भएको फाराम भर्दा लेख्नुपथ्र्यो ।
अब त्यहाँको अदालतले नयाँ फैसला सुनाएको छ । विवाह नगरेकी महिलाले भर्जिन नभई अविवाहिता लेखे पुग्ने भएको छ । महिला अधिकारवादीहरुले कुमारी शब्द लेख्न वाध्य पारिनुलाई महिलाको कुमारित्व प्रतिको पुरुषको गलत सोच भनेर हटाउन अभियान चलाइरहेका थिए । अदालतको फैसलालाई उनीहरुले जीतका रुपमा लिएका छन् ।
मुस्लिम बाहुल्यको बङ्गलादेशमा महिलाको कुमारीपनलाई विशेष महत्वका साथ लिइन्छ । अधिकांश पुरुषले विवाह गर्दा महिलाको कुमारीपनमा ध्यान दिनेगर्छन् । जसका कारण कतिपयको पारपाचुके समेत हुन्छ । एजेन्सी