Logo

नायव सुब्बा सहित तीन जना विरुद्ध मुद्धा दायर



काठमाडौ । भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुरका नायव सुब्बा हरि नारायण उपाध्याय र लेखापढी व्यवसायी हिरामणी निरौला विरुद्ध मुद्धा दायर गरिएको छ । भक्तपुरमा कार्यरत रहेका कर्मचारीहरूले कार्यालय समय पश्चात तथा कार्यालयको अन्तिम समयमा सेवाग्राहीहरूको भीडभाड कम भए पश्चात लेखापढी व्यवसायीहरूसँग घुस माग गर्ने गरेको हुँदा संलग्न कर्मचारीलाई कारवाही गरी पाउँ भन्ने उजुरीको आधारमा मालपोत कार्यालय, नायव सुव्वा हरि नारायण उपाध्यायले सेवाग्राहीहरूको कामलाई लेखापढी व्यवसायी हिरामणी निरौला मार्फत सहज गरिदिए बापत लेखापढी व्यवसायी हिरामाणी निरौलासँग रू चार हजार घुस रकम लिई लुकाई राखेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले उनलाई प्रमाण सहित नियन्त्रणमा लिई घुसबापत लिएको रकम रू. चार हजार बरामद भएको थियो ।

उक्त रकम घुस बापत लेनदेन गरेको देखिन आएकोले नायव सुब्बा हरिनारायण उपाध्यायले भ्रष्टाचारको कसुर गरेको र लेखापढी व्यवसायी हिरामणी निरौलाले सेवाग्राहीको काम आफू मार्फत सहज गराउनलाई नायव सुब्बा हरिनारायण उपाध्यायलाई चार हजार घुस रकम दिई भ्रष्टाचारको कसुर गरेको स– प्रमाण पुष्टि भएको हुँदा उनीहरूलाई जनही विगो रू.चार हजार कायम गरी मागदावी लिई १० भदौमा विशेष अदालत काठमाडौंमा मुद्धा पत्र दायर गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot