Logo

घर फोर्ने पक्राउ



धनुषा । छिमेकीको घरमा चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । हंसपुर नगरपालिका ८ बस्ने श्याम साफीलाई १० भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने महिलाको घरभित्र प्रवेश गरी चक्कु देखाई लुटपाट गर्न खोज्दा गुहार मागेपछि फरार भएका श्यामलाई ईलाका प्रहरी कार्यालय सुगानिकाशबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot