Logo

रामचन्द्र अस्वस्थ, सानेपाबाट फर्किए देउवा



काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आज दिउँसो २ बजे बस्ने भनिएको केन्द्रिय कार्यसमिति बैठक अचानक स्थगित् भएको छ । बैठकका लागि सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी केन्द्रिय कार्यालय सानेपा पुगिसकेका थिए ।

तर, बरिष्ठ नेता पौडेल अस्वस्थ भएको समाचार आएपछि बैठक स्थगित भएकोले देउवा फर्किएका हुन् ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार आज स्थगित् भएको बैठक भोलि (बिहीबार) मात्रै बस्ने भएको छ । तर, आज पदाधिकारी बैठक भने बसेको थियो ।

केन्द्रीय समिति बैठक भोलि बिहीबार दिउँसो दुई बजेका लागि सारिएको शर्माले जनाए । पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा प्रवक्ता शर्माले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक डाकिएकोमा आपत्ति जनाएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्