काठमाडौँ । सबैभन्दा चाँडो रेसिङ कार कुदाउने उत्कृष्ट महिला चालक जेसी कोम्बसको मृत्यु भएको छ । मंगलबार उनीले रेकर्ड तोड्न जेट पावर्ड कार चलाउँदा मृत्युमा पुगेको कुरा अधिकृतहरुले बताएका छन् ।
कोम्बसकाे दक्षिणपूर्व ओरेगनमा अवस्थित एलभोर्ड डेजर्टमा मंगलबार मृत्यु भएको जानकारी हार्ने काउण्टी सेरिफका अधिकृतले जानकारी गराएका छन् । उनी ३९ वर्षकी थिइन् ।
कोम्बस २०१३ मा नर्थ अमेरिकन इगल सुपरसोनिक स्पिड च्यालेञ्जर प्रतियोगितामा चार पांग्रे कार चाँडो कुदाउने महिला बनेकी थिइन् र उनीले ३९८ एपिएचको रेकर्ड बनाएकी थिइन् ।
त्यसपछि अक्टाेबरमा उनीले ४८३.एमपिएच कायम गरी सेकडाउनमा रनमा नयाँ रेकर्ड बनाइकी अनुमान गरिएकाे थियाे । तर विभिन्न अध्याेगिक मिडिया अनुसार उनीले पुरानाे रेकर्ड ताडेर ४८३ एमिपएच सम्म चाँडाे कुदाइरहेकी भए तापनि केही प्रविधिक गडबडीले गर्दा त्याे किर्ती वैधानिक रूपमा प्रमाणित गर्न नसकेकाे गुनासाे खुलासा गरेकाे छ ।
मंगलबार त्यो भन्दा बढी द्रूत गतिमा चलाएर नयाँ रेकर्ड हासिल गर्ने प्रयासरतमा दुर्घटना हुन गयो र उनीले अन्तिम सास फेरिन् ।