Logo

आसाममा १९ लाख ‘गैरकानुनी आप्रवासी’ देशविहिन



भारतले आसाममा १९ लाख ‘गैरकानुनी आप्रवासी’ को तथ्यांक सार्वजनिक गरेको छ । बँगलादेशबाट प्रवेश गरेका भनिएका उनीहरु २४ मार्च सन् १९७१ पछि भारत प्रवेश गरेको भनिएको छ ।

बँगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछिको मिति पछाडि प्रवेश गरेकालाई नागरिकताको कार्ड नदिने भारत सरकारको नीति अनुसार त्यहाँको नेष्नल रजिष्टर अफ सिटिजन्सले ३१ अगष्टमा सार्वजनिक गरेको सूचीमा १९ लाखको नाम छैन । अब उनीहरु देशविहिन भएको बताइन थालिएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीले भने त्योभन्दा बढी संख्यामा आप्रवासी भारत प्रवेश गरेको दाबी गर्दै आएको छ । उसले नयाँ सूचीमा धेरै गैरकानुनी आप्रवासीले नागरिक बन्न पाएको दाबी गरेको छ । भाजपाले गैरकानुनी आप्रवासीमाथि कडाई गर्ने नीति लिएर पूर्वोत्तर भारतमा चुनावी सफलता हासिल गरेको थियो ।

आसाममा गैरकानुनी आप्रवासी र आदिवासीबीच झडपहरु भइरहन्छ । आसाम हिंसा हुने राज्यमध्ये पर्दछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्