Logo

रामबहादुरले जिते शारीरिक सुगठनको उपाधि



काठमाडौं । ‘हेल्पिङ क्याप’ सामाजिक संस्थाद्वारा आयोजित खुला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् ।

ललितपुरस्थित हेरिटेज गार्डेनमा आज आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो तथा ललित धिमाल तेस्रो भए ।प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच लाख, दुई लाख ५० हजार र दुई लाख रुपैयाँसहित सम्मान गरिएको छ ।

दश खेलाडी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएकामा तीमध्येबाट आज अन्तिम चरणको प्रतिस्पर्धा गराइएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

शारीरिक सुगठनका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवलाल श्रेष्ठको नेतृत्वमा १० सदस्यीय निर्णायक समितिले खेलाडीको शरीरको संरचना, सौन्दर्य, हिँडडुलको चाललगायत आधारमा उत्कृष्ट खेलाडी छनोट गरेको थियो ।

राससका अनुसार प्रतियोगितामा प्रथम भएका दाहालले आगामी मङ्सिरमा संयुक्त अरब इमिरेट्समा हुने अन्तर्राष्ट्रिय तहको प्रतियोगितामा सहभागिता जनाउने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot