Logo

चेल्सी र म्यानचेस्टर युनाइटेडलाई धक्का, सिटीको फराकिलो जीत



इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथएम्टन र चेल्सीले सेफर्ड युनाइटेडसँग बराबरी खेलेका छन् । म्यानचेस्टरले खेलको दशौं मिनेटमै अग्रता लिएपनि बराबरीमा चित्त बुझाउनुपर्यो ।

यसैगरी चेल्सीले भर्खर प्रिमियर लिगमा उक्लेको सेफर्ड युनाइटेडसँग २२ को बराबरी खेल्यो । चेल्सीले खेलमा दुईपटक अग्रता लिएपनि जोगाउन सकेन । म्यानचेष्टर सिटीले ब्रिगटनमाथि ४० को शानदार जित निकाल्यो । एष्टन भिल्लाले क्रिष्टल प्यालेससँग १०, लिसेस्टरले बर्नमाउथसँग ३१, न्युकासलले वार्टफोडसँग ११ र वेष्टह्याम्सले नर्विचनमाथि २० को जित निकालेको छ ।

इंग्लिस प्रिमियर लिगमा लिभरपुल १२ अंकका साथ अग्रस्थानमा छ । सिटी १० अंकका साथ दोस्रो स्थानमा छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot