Logo

इराकमा १२ नेपाली मारिएको १५ बर्ष



काठमाण्डौं । रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको हत्या भएको आज १५ बर्ष पुगेको छ । २०६१ साल भदौ १६ गते अर्थात आजकै दिन सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो ।

इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेनपावरमा आक्रण गरेका थिए । विश्वलाई नै आतंकित तुल्याउने उक्त आतंककारी हमला पछिका केहि बर्ष नेपाल सरकारले बैदेशिक रोजगारमा जान इकाकमाथि रोक लगाएको थियो ।

घटनाको समाचार सहितको फोटो युटूवमा सार्वजनिक भएपछि राजधानी सहित देशभर उक्त दिन विहानैदेखि आक्रोस सुरु भएको थियो । मुलुकमा रहेका म्यानपावर कम्पनी, मस्जिद र सञ्चारमाध्यमलाई आक्रोसित भिडले तारो बनाएका थिए ।

भदौ ४ गते आतंककारीको अपहरणमा परेका मृतकहरुलाई जोडर्न लैजाने भनिएपनि भदौ १५ मा गोली हानेर विभत्स हत्या गरिएको थियो ।
उक्त घटनापछि सबैभन्दा बढी म्यानपावर एजेन्सीमा तोडफोड भएको थियो ।

तोडफोडबाट दई सय ९७ भन्दा बढी म्यानपावर कम्पनीमा क्षति पुगेको थियो भने कान्तिपुर दैनिक पनि आक्रमणको निशानामा परेको थियो ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको अध्ययनबाट उक्त तोडफोडमा ७५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

त्यो समयमा स्थितिलाई सामान्य बनाउन सरकारले कफ्यू नै लगाएको थियो । संघले भदौ १६ लाई कालो दिनको रुपमा मनाउँदै आएपनि पछिल्ला वर्षमा भने कार्यक्रम राख्न छोडि सकेको छ ।

उक्त घटनामा मारिएका परिवारले जनही १६ लाख रुपैयाँको दरमा क्षतिपुर्ति रकम पाएका थिए ।बैदेशिक रोजगारकै क्रममा त्यस्तै प्रकृतिको अर्काे घटना अफगानिस्तानमा पनि घटिसकेको छ ।

अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत नेपाली सवार गाडीमा २०७३ असार ६ गते आतंकवादीहरुले आत्मघाती आक्रमण गरी त्यति नै संख्याका निर्दोष नेपालीको ज्यान लिएका थिए ।

एक बेलायती कम्पनीमा सुरक्षागार्डका रुपमा कार्यरत ती निर्दोष नेपाली नागरिकको त्यो विभत्स हत्याको कसुर के थियो ? पुष्टि गर्ने हिम्मत कसैको नभएपनि विश्व आतंकवादी संगठन तालिवानले उक्त घटना आफुले गराएको स्वीकार गरिसकेको छ ।

उक्त घटनामा चार जना नेपाली सहित पाँच अफगानिस्तानी सुरक्षा गार्ड घाइते भएका थिए । उनीहरु सबै क्यानेडियन दूतावासमा सुरक्षार्थ खटाइएका थिए । सुरक्षा गार्ड चढेको दुईमध्ये एक गाडी निस्केपछि अर्कोमा आक्रमण गरिएको थियो ।

घटनामा मारिनेहरुको मृत शरिर ल्याउन सरकारले चाटर्ड विमान नै पठाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot