Logo

सामान्य विवादमा ‘ग्याङ फाइट’ एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंमा मङ्गलबार राती भएको ग्याङफाइटमा एक जनाको मृत्यु भएको छ । खोटाङ घर भई हाल काठमाडौं कपनस्थित आदर्शनगरमा बस्दै आएको अन्दाजी १८ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सामान्य विवादले दुई समूहबीच ग्याङफाइट हुँदा गम्भीर घाइते भएका राईको टिचिङ अस्पतालमा उपचारको क्रममा रातीनै मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

विवादको क्रममा अर्काे समुहले राईको घाँटी र छातीमा प्रहार गरेको खुकुरीले गहिरो चोट लागेको र तुरुन्तै अस्पताल लैजादा पनि बढी रगत बगेका कारण उनको उपचारका क्रममा मृत्यु भएको हो ।

हत्यामा संलग्न इलामका २६ वर्षीय सुसान राई र संखुवासभाका ३१ वर्षीय प्रेम राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot