Logo

मोदीले भावुक हुँदै रुसमा सम्झिए २१ वर्ष अघि पुटिनलाई भेटेको क्षण



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस भ्रमणका क्रममा इतिहास सम्झिएका छन् । सन् २००१ मा मोदीले रुस भ्रमण गरेका रहेछन् । उनी त्यतिबेला तत्कालिन प्रधानमन्त्री अटलविहारी वाजपेयीको भ्रमण दलमा थिए । पुटिन त्यतिबेला पनि रुसका राष्ट्रपति थिए । मोदी गुजराजका मुख्यमन्त्री ।

२००१ मा इस्टर्न इकोनोमिक फोरममा सहभागी भएका मोदी तस्बिरमा वाजपेयीको ठिक पछाडि देखिन्छन् । अगाडिको हरफमा वाजपेयी र पुटिन बसिरहेको तस्बिर छ । मोदीले लेखका छन्, २० औं भारत रुस समिटमा सहभागी भइरहँदा सन् २००१ नोभेम्बरमा भएको भारत रुस समिट सम्झन चाहन्छु जतिबेला अटलजी प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला गुजरातको मुख्यमन्त्रीका रुपमा भ्रमण दलको सदस्य हुनपाउनु मेरो अहोभाग्य हो ।

सन् २००१ को समिटमा सार्वजनिक गरिएको तस्बिरमा मोदी अटल विहारी वाजपेयीको ठिक पछाडि उभिएका छन् । पुटिन बाजपेयीको छेवैमा उभिएका देखिन्छन् ।

इतिहासले मोदीलाई वाजपेयीकै कुर्सीमा पुर्याएको छ । यसपटकको इस्टर्न इकोनोमिक फोरममा मोदीले भारतको प्रधानमन्त्रीका रुपमा पुटिनलाई भेटेका छन् । कुनैबेला पुटिनको पछिल्तिर बसेर तस्बिर खिचाएका मोदी अहिले पुटिन सरहकै कार्यकारी पदमा पुगेका छन् । पाका पुटिन अझै रुसको राष्ट्रपति छन् । मोदी दोस्रो कार्यकाल प्रधानमन्त्री सम्हालेर शुरुवाती चरणमा छन् । तस्बिरः मोदीको ट्वीटर



प्रतिक्रिया दिनुहोस्