Logo

एनसेल बहिष्कार अभियान चलिरहँदा विप्लवले दिए बन्द गर्ने चेतावनी



काठमाडौं, १९ भदौ । विद्रोही विप्लव समूहले एनसेल बन्द गरिदिने चेतावनी दिएको छ । एनसेलले कर छली गरेको भन्दै कारबाहीको चेतावनी दिदै बन्द गरिदिने चेतावनी दिएको हो ।

विप्लव समूहका एक नेताका अनुसार उक्त समूहले एनसेलले कर नतिरेकाले कारबाहीको सूचीमा राखेको छ । उसले आम नागरिकलाई एनसेल बहिष्कार गर्न आव्हान समेत गरेको छ । यसअघि विप्लव समूहले विज्ञप्ति नै जारी गरेर एनसेलले कर छली गरेकाले कारबाहीको चेतावनी दिएको थियो । उसले देशभरका विभिन्न स्थानमा एनसेलको टावरमाथि आक्रमण गरेको थियो । घटनामा प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गरेको थियो ।

एनसेलको कर छली प्रकरणमा सर्वोच्च अदालतले विगतमा गरेको फैसलामा सर्वोच्च अदालतले गरेको पछिल्लो फैसला उसको पक्षमा छ । ६२ अरब ६३ करोड कर छलेपछि अदालते तत्काल कर दाखिला गर्नुपर्ने फैसला सुनाएपछि एनसेल सर्वोच्च अदालत पुगेको थियो । उसले १४ अरब ५० करोड मात्र कर दाखिला गर्नुपर्ने र बाँकी ३९ अरब ६ करोड तिर्नुनपर्ने दाबीसहित अदालतमा गएपछि उसको पक्षमा फैसला आएको थियो । फैसला बमोजिम एनसेलले ३९ अरब ६ करोड तिर्नुनपर्ने भएको छ ।

यसैगरी, एनसेल ६२ अरब कर छली गरेको एनसेलमाथि बहिष्कारको लहर चलेको छ । एनसेलका सिमकार्डहरु प्रयोग नगर्न सामाजिक सञ्जालहरुमा लहर चलेको छ । एनसेल कर छली सतहमा आएपछि सर्वसाधारणले कर नतिरेर राष्ट्रघाती कार्य गरेको भन्दै सिमकार्ड नराख्न आव्हान गरेका हुन् । सामाजिक सञ्जालमा एनसेल बहिष्कार अभियान नै चलेको छ । सामाजिक सञ्जालमै लहर चलेपछि विप्लव समूहले जन असन्तुष्टिलाई लोकप्रीयता बटुल्ने रणनीतिका रुपमा प्रयोग गर्न खोजेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्