Logo

मध्य शहरमै डेंगुको महामारी (बच्ने उपायसहित)



काठमाडौं, भदौ २० । उपत्यकामा डेंगु महामारी बन्दै गएको छ । उपत्यकाको वागमती नदी आसपासका क्षेत्रका बासिन्दा सबैभन्दा बढी डेंगुबाट प्रभावित भएका छन् ।

अस्पतालहरुमा भर्ना भएकामा अधिकांश नदी र खोला आसपासका बासिन्दा डेंगुबाट प्रभावित भएका हुन् । कोटेश्वर, कुपन्डोल, बल्खु, चावहिल क्षेत्रमा बसोबास गर्नेहरुमा बढी डेंगु देखिएको छ ।

बागमती नदी आसपासमा झाडी र फोहोर पानी जमेका स्थानका बासिन्दा डेंगुबाट प्रभावित छन् । अस्पतालहरुबाट प्राप्त तथ्यांक अनुसार उपत्यकाका नदीनाला छेउछाउका बासिन्दालाई बढी डेंगु भएको छ । मध्य शहरवासी बढी प्रभावित भएका छन् । यसले त्रास उत्पन्न भएको छ ।

डेंगु सार्ने लाम्खुट्टेले दिउँसो टोक्छ भनिए पनि नयाँ अध्ययनहरुले घाम उधाएको २–३ घन्टा पछी र गोधुली बेला बिहान ४ बजे देखि ६ बजे र साँझ ४ देखि ६ बजे यी लाम्खुट्टेले टोक्ने गरेको तथ्य छ।

यो प्राजतिका लाम्खुट्टेले डेङ्गुले ग्रस्त मानिस, जीव, जन्तु, चराहरुलाई टोकेर स्वस्थ्य व्यक्तिलाई टोक्दा यो रोग सर्ने गरेको अध्ययन कर्ताहरुको भनाई रहदै आएको छ ।

लक्षण
यसको संक्रमणमा सुरूआती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा परेपनी संक्रमितमध्ये केही भने सिकिस्त पनि हुन जान्छन ।

बच्ने उपाय

  • रोग लाग्नै नदिन लामो हात खुट्टा छोप्ने लुगा लगाउने। हातमा भन्दा लाम्खुट्टेले कुर्कुचा र घाँटीको पछाडि बढी टोक्ने भएकाले अनिवार्य पेन्ट, ट्राउजर लगाउने।
  • पानी जम्ने टायर, फलिएका भाँडाबर्तन, प्लाष्टिकका कागज जस्मा पानी जम्छ तिन्लालाइ सफा गर्ने। पानी जम्ने खाडल पुर्ने। स्कुल, चौर, घर वरपर लाम्खुट्टे भगाउने र मार्ने औषधि छर्किने। हातखुट्टामा लाम्खुट्टे भगाउने लोसनरकृम लगाउने।
  • आफ्नो घर ओरिपरि झार तथा रुखका हाँगा कटाएर खुला वातावरण बनाउने । गोवरजन्य गन्ध आउने बस्तुलाई घरबाट टाढा राख्ने ।
  • बेलुकाको समयमा घरका झ्यालहरु बन्द गर्ने,भ्यालको जाली लगाउने। अनावश्यक बाहिर नजाने, केटाकेटीलाई ४ देखि बेलुका ६ बजे सम्म बाहिर अनावश्यक हिंड्न र खेल्न नदिने।
  • लामखुट्टेकाका लाभाहरु मार्न स्वास्थलाई असर नपार्ने गरि औषधिको प्रयोग गर्ने तथा राती सुत्दा झुलको प्रयोग गर्ने । रोग लागेको आफुमा संका लागेमा तुरुन्त नजिकै रहेको स्वास्थ संस्थामा चेक जाँच गराउने र संक्रमणको समयमा कसैलाई पनि रक्त आदान प्रदान नगर्ने ।


प्रतिक्रिया दिनुहोस्

Screenshot