Logo

बाहुबली स्टार प्रभासको बारेमा तपाईलाई के थाहा छ?



काठमाडौं, भदौ २१ । दक्षिण भारतीय फिल्म ‘बाहुबली’ स्टार प्रभासको सफलता अहिले चर्चामा छ । फिल्म हलहरुमा नयाँ रेकडए राखिरहेको फिल्म “साहो” ले राम्रो सफलता पाईरहेको छ ।

“बाहुबली”सँगै प्रभासको करिअर उचाइमा पुग्न सफल भएको हो । भारतीय समाचारका अनुसार फिल्मले पहिलो छ दिनमा मात्रैग ९४ करोड भन्दा माथीको कमाइ गर्न सफल भएको जनाइएको थियो । त्यसो त प्रभासको पारिवारिक तथा व्यक्तिगत रुपमा धरैलाई थाहा नहोला ।

प्रभासको पूरा नाम सत्यनारायण प्रभास राजु उपलापति हो ।सन् १९७९ मा जन्मिएका प्रभास आर्कीटेक्ट इन्जिनियरिङको पढाई सकेर २२ वर्षको उमेरदेखि तेलूगु फिल्म “इश्वर”मा डेब्यु गरेको थिए ।

फिल्म निर्माता सूर्य नारायण राजु उपलापतिका छोरा उनले अहिले एक फिल्म खेलेबापत २१ देखि ३० करोड भारतीय रुपैयाँ लिन्छन् भने उनको वार्षिक आम्दानी ३.२ मिलियन डलर रहेको छ ।

बाइक र कारको सौखिन प्रभाससँग ७ लाख भारतीय रुपैयाँको होन्डा सिभिआर ६०० आरआर बाइक, १.४४ करोड भारतीय रुपैयाँ पर्ने मर्स्टििज बेन्ज एसक्लास, २.८२ करोड भारतीय रुपैयाँ पर्ने कस्टम रेन्ज रोभर, १.२४ करोड भारतीय रुपैयाँ पर्ने जागुएर एक्सजेएल र ८ करोड भारतीय रुपैयाँ पर्ने रोयल्स रोयस फ्यान्टम कारहरु छन् ।

उनी आन्ध्र प्रदेशमा ६ हजार वर्गफिटमा फैलिएको जुभिन हिलको एक आलिसान घरमा सपरिवार बस्दै आएका छन । उनले आफुलाई बास्केटबलमा अभिरुचि रुहेको पनि बताउने गरेका छन । पछिल्लो समय उनको विवाहको बारेमापनि विभिन्न समाचारहरु बाहिर आइरहेका छन्।

उनको पारिवारिक नीजि स्रोतका अनुसार सन् २०१२९को अन्त्यसम्ममा उनले बुहारी भित्र्याउन सक्ने अनुमानपनि गरिएका छन् । साहोको सफलतासंगै उनका परिवारिक विवाहको माहोलमा तातेका छन् ।



प्रतिक्रिया दिनुहोस्