“ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ एन्ड फेसन”ले “रनवे ड्रिम्स २०१९”को आयोजना गरेको छ । उनीहरुले प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरुलाई व्यावसायिक करियर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।
कुपन्डोलस्थित ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ एन्ड फेसनको कार्यालयमा आयोजित अडिसनमा सहभागि एक सयभन्दा बढी युवायुवती मध्य ३० जनालाई छनोट गरिएको छ । अडिसनमा निर्णायकहरु दुर्गा बिसुराल (मिस हेरिटेज इन्टरनेसनल २०१९), अलिना शाक्य (मिसेस टप अफ दी वल्र्ड), ध्रुव बुढाथोकी (म्यान हन्ट), पुनम श्रेष्ठ (ब्युटिसियन) र आशुतोष बञ्जारा (इन्जिनियर तथा मोडल) रहेका थिए ।
प्रतियोगिताको अर्काे अडिसन २४ भदौंमा आयोजना हुने भएको छ । पहिलो र दोस्रो अडिसनमा छानिएका प्रतियोगीहरुले मात्र अन्तिम प्रतिस्पर्धामा सहभागि जनाउने छन् ।
प्रतिस्पर्धीहरुलाई र्याम्प वाक, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विषयमा एक महिने प्रशिक्षण दिइने छ । विजेताले पुरस्कार बमोजिम अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिताको अवसर र मोडलिङ तथा फेसनका लागि नगद एक लाख बराबरको अध्ययन सुविधा पाउने छन् ।